ब्यबसायिक एकता र दक्षता ब्रिद्धिका लागि नेपाली ब्यबसायी संघ बेल्जियमले बिभिन्न शहरमा अन्तर्कृया गर्ने, ओस्टेन्डेमा सम्पन्न,

0

नेपाली ब्यबसायी संघ बेल्जियमको ओस्टेन्डे क्षेत्रको संयोजकमा खेम न्यौपानेलाई चयन हुनु भएकोछ । सोमबार ओस्टेन्डेमा भएको भेला एबम अतर्कृया कार्यक्रममा स्थानीय ब्यबसायिहरुको सिफारिसमा न्यौपानेलाई संयोजक तोकिएको हो ।

ओस्टेन्डे नेपाली समाजको संयोजनमा भएको अन्तर्कृयामा नेपाली ब्यबसायी संघका अध्यक्ष चिरन कुमार खवास, नेपाली ब्यबासयी संघ बेनेलक्सका सन्योजक यामु निरौला, सदस्य सचिब एबम एनआरएनए आइसिसी सदस्य मदन दवाडीले ब्यवसायमा आईपर्ने समस्या र समाधानका लागि संघको तर्फबाट बेल्जियममा कृयाशिल ब्यबसायिहरुलाई हुन सक्ने सहयोगको बारेमा जानकारी गराउनु भएको थियो । सोही अबसरमा संस्थाका आगामी कार्ययोजना र बिगतका प्रगती विवरण पनि प्रस्तुत गरिएको थियो ।

ओस्टेन्डेका ब्यबसायिहरु र सामाजिक अगुवाहरु धर्म पाठक, भरत पन्त , सिद्धी पहाडी, नरेन्द्र अधिकारी, गायक नारायण धिताल लगायतले नेपाली ब्यबासायी संघले आफ्नो क्षेत्रमा आएर ब्यबसायीहरु र ब्यवसाय गर्न चाहनेहरुलाई आबस्यक बिषयहरुबारेमा जानकारी गराइदिएकोमा धन्यवाद दिनु भएको थियो ।

ओस्टेन्डे समाजका महासचिब अच्युत पौडेल र नेपाली ब्यबसायी संघका महासचिब जगदिश सापकोटाले अन्तर्कृयामा सहजिकरण् गर्नु भएको थियो ।

नेपाली ब्यबसायी संघ बेल्जियमले ब्यापार ब्यवसायमा संलग्न र हुन चाहने नेपाली समुदायका ब्यक्तिहरुलाई सुझाब सल्लाह र सहयोग गर्दै आईरहेकोछ । सोही अभियान अन्तर्गत उक्त अन्तर्कृया आयोजना गरिएको हो ।

अबका दिनमा ब्रुज, गेन्ट, ब्रुसेल्स लगायत एन्टवेरपेन र लुभेनमा पनि त्यहा कृयाशिल ब्यवसायिहरु सँग छलफल र अन्तर्कृया गरेर उनिहरुलाई प्रोत्साहन गर्ने र ब्यबसायिक एकता बलियो बनाउने योजना रहेका नेपाली ब्यबसायी संघ बेल्जियमले जानकारी गराएकोछ ।

Leave A Reply

Your email address will not be published.