महासङ्घले एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने

0

नेपाल बक्सिङ महासङ्घले एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।

महासङ्घको नवनिर्वाचित कार्यसमिति बैठकले एसियन गेम्समा पदक जित्ने खेलाडी नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको हो ।

बैठकले चीनमा हुने एसियन गेम्समा स्वर्ण पदक जित्ने खेलाडीलाई जनही १० लाख, रजत जित्नेलाई ५ लाख र काँस्य पदक जित्ने खेलाडीलाई २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरिएको हो ।

यस्तै, बैठकले सातै प्रदेश र विभिन्न जिल्लाबाट सङ्कलन गरी भदौ महिनाभित्र वार्षिक क्यालेन्डर समेत प्रकाशन गर्ने निर्णय पनि गरेको छ ।

Leave A Reply

Your email address will not be published.