स्वर्गीय सीता दाहाललाई जनप्रगतिशिल मञ्च बेल्जियमको श्रद्धाञ्जली

0

नेपाली जन प्रगतिशिल मंच बेल्जियमले प्रधानमन्त्रि पत्नी एबम नेकपा माओबादी केन्द्रका सल्लाहकार स्वर्गीय सीता दाहाललाई श्रद्धान्जली दिएकोछ । आईतवार एन्टवेरपेनमा आयोजना गरिएको श्रद्धान्जली सभामा बिभिन्न ब्यक्तिहरुले स्वर्गीय दाहालको स्मरण गर्दै श्रद्धान्जली दिनु भयो भने प्रधानमन्त्री प्रचन्ड र परिवारलाई समबेदना ब्यक्त गर्नु भयो ।

नेपालको राजनितिक आन्दोलन र परिवर्तनमा स्वर्गीय दाहालले पुर्‍याउनु भएको योगदानको चर्चा गर्दै नेपाली समाजमा एउटा नारीको सिमित दाँयारा हुने अवस्थामा पनि परिवर्तनका लागि उहाको भूमिका उल्लेखनीय रहेको कार्यक्रममा बोल्ने बक्ताहरुले भनाइ थियो ।

श्रद्धान्जली कार्यक्रममा एनआरएनए बेल्जियमकी अध्यक्ष सीता सापकोटा, एनआरएनए आईसिसी सदस्य मदन दवाडी र भिम सुबेदी, जनसंपर्क समितिका पूर्व अध्यक्ष सुभाश जोशी,नेपाली प्रबासी मंचकी अध्यक्ष इशा गुरुङ, जनसंपर्क समितिका महामन्त्री प्रकाश गिरी, तमु धिं बेल्जियमकी अध्यक्ष प्रबिना गुरुङ, जनजाती महासंघ बेल्जियम उपाध्यक्ष मुना राई,नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा, एनआरएन युरोप उपसंयोजक चित्र सुबेदी, एनआरएनए युरोप युबा उपसंयोजक दीपक न्यौपाने, जन प्रगतिशिल मोर्चाका अध्यक्ष मेख गुरुङ, जन प्रगतिशिल मंच बेल्जियमका सल्लाहकार कृष्ण पौडेल लगायतले श्रद्धान्जली दिनु भएको थियो ।

कार्यक्रमको सुरुमा स्वर्गीय दाहालको स्मरण गर्दै एक मिनेट मौन धारण गर्नुका साथै उपस्थित सबैले फुल चढाएर श्रद्धान्जली अर्पण गर्नु भएको थियो ।

कार्यक्रममा उपस्थित सबैलाई धन्यबाद दिदै नेपाली जनप्रगतिशिल मंच बेल्जियमका अध्यक्ष प्रकाश पौडेलले स्वर्गीय दाहाल प्रति श्रद्धान्जली र पार्टी अध्यक्ष काम्रेड प्रचन्ड परिवारमा समबेदना प्रकट गर्नु भएको थियो । कार्यक्रमको सन्चालन मंचकी महासचिब कल्पना मगरले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.