ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ

0

काठमाडौं \ ललितानिवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नापी विभागकका तत्कालीन अमिन अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । श्रेष्ठलाई उनकै निवास जोरपाटीबाट आज आइतबार बिहान पक्राउ गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

ललिता निवास जग्गा हिनामिनामा श्रेष्ठको नाम पनि जोडिएको थियो । उनी अमिन भएका बेला ललिता निवासको जग्गा नापजाँच गरेका थिए । ललिता निवास जग्गा प्रकरणमा यस अघि १९ जना पक्राउ परिसकेका छन् ।

Leave A Reply

Your email address will not be published.