भोट माग्दै आचार्य पोर्चुगलमा

0

लिसवोन । अक्टोवर १४ देखी १७ सम्म काठमाण्डौंमा हुने गैरआवासीय नेपाली सँघको विश्व सम्मेलनका लागि चुनावी रन्को बढेको छ । दिनप्रतिदिन उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ भने घोषणा गरि सकेका उम्मेदवारहरु चुनावी प्रचारमा लागेका छन् ।

यसैक्रममा एनआरएन यूकेका पूर्वअध्यक्ष तथा गैरआवासीय नेपाली सँघ यूरोप सँयोजक पदका उम्मेदवार  कुल आचार्य आफ्ना चुनावी एजेन्डा बोकेर पोर्चुगल पुगेका छन् । सोमबार बिहान आचार्य त्यहाँ पुग्दा उनलाई स्वागत गर्नेको राम्रै उपस्थिती थियो । आचार्यसँगै सचिब पदका उम्मेदवार सुरेन्द्र श्रेष्ठ समेत पोर्चुगल पुगेका छन् । यसअघि आचार्यले एनआरएन अध्यक्षका लागि पुन शेष घलेको नाम प्रस्ताव गर्दे आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।

Leave A Reply

Your email address will not be published.