एनआरएनए बेल्जियमको अध्यक्षमा सीता सापकोटा निर्वाचित

0

गैर आवासीय नेपाली संघ (एनआरएनए) बेल्जियमको अध्यक्षमा सीता सापकोटा निर्वाचित हुनु भएकोछ । आईतबार भएको निर्वाचन प्रक्रियाबाट सापकोटाले एक हजार एक सय १२ मत प्राप्त गर्नुहुदै विजयी हुनु भएको थियो भने अध्यक्ष पदका अर्का उम्मेद्वार तीर्थ धमलाले नौ सय ४८ मत प्राप्त गर्नु भएको थियो । धमला एक सय ६४ मत पछि पर्दै पराजित हुनु भएको थियो ।

६ वटा मतदान केन्द्रमा भएको मतदानको गणना आईतबार राती सम्पन्न भएको थियो । निर्वाचनमा जम्मा २ हजार ८ सय ७६ मत खसेको थियो । जसमध्ये लुभेनबाट ८ सय २३ ,आन्तोर्पेन ५ सय ५३, ब्रुगेबाट ३ सय ९ र  गेन्टबाट २ सय ४६ मत खसेको थियो । यस्तै ७७ मत ओस्टन्ड र ६८ मत ब्रसेल्सबाट खसेको थियो ।

Leave A Reply

Your email address will not be published.