प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधन

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा उनको ६९ वर्षको उमेरमा निधन भएको हो ।

सीता दाहाललाई बुधबार बिहान ८ बजे हृदयघात भएपछि अस्पताल लगिएको थियो । उपचारकै क्रममा उनको ८ बजेर ३३ मिनेट जाँदा निधन भएको अस्पतालले जनाएको छ ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट उनी लामो समयदेखि पीडित थिइन् ।

अहिले प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठलगायत माओवादीका शीर्ष नेता अस्पतालमा छन् ।

Leave A Reply

Your email address will not be published.