गैर आवासीय नेपाली संघ लग्जेमवर्गको अध्यक्षमा बिमलबाबु उपाध्याय, महासचिवमा बालहरि राई निर्वाचित

0

गैर आवासीय संघ लग्जेमवर्गको अध्यक्षमा बिमलबाबु उपाध्याय निर्वाचित हुनुभएकोछ । आईतवार सम्पन्न भएको निर्वाचनमा  उपाध्यक्षमा युद्द बहादुर थापा, महिला उपाध्यक्षमा दुर्गा थापा, महासचिवमा बालहरि राई, सचिवमा झलक बहादुर महत, सहसचिव ध्रुव सापकोटा, कोषाध्यक्षमा विष्णु खत्री सहकोषाध्यक्षमा नवोजित निउरे निर्वाचित हुनु भएकोछ ।

आइसिसि सदस्यमा हिमाल सापकोटा र प्रवक्तामा डिपलव बराईली निर्विरोध निर्वाचित हुनुभएकोछ । महिला संयोजकमा कविता अर्याल र युवा संयोजकमा किशन खत्री निर्विरोध निर्वाचित हुनु भएकोछ ।

त्यसै गरि सदस्यहरुमा बिना अधिकारी, दीपेन्द्र बहादुर थापा , गगन बहादुर खत्री, खगराज रेग्मी, याम बहादुर थापा,केशव भट्टराई निर्वाचित हुनु भएकोछ । महिला सदस्यहरुमा राधिका खत्री, देबु खत्री, संगीता रायमाझी निउरे  र पुष्पा कंडेल खरेल निर्विरोध निर्वाचित हुनुभएकोछ ।

हिजो सम्पन्न भएको निर्वाचनमा निर्वाचित भएका नवनिर्वाचित पदाधिकारीहरुलाई सोमबार सम्पन्न अधिबेशनमा  एनआरएनएका केन्द्रीय उपाध्यक्ष आरके शर्माले सपथग्रहण र प्रमाणपत्र वितरण गर्नुभयो ।

सोही अवसरमा नयाँ कार्यसमितिलाई पुरानो कार्यसमितीले बुझबुझारथ गरेको छ । गैर आवासीय संघ लग्जेम्वर्ग २००८ मा स्थापना  भएर छैटौ अधिवेशन सम्पन्न भएको छ । लग्जेमवर्गमा पहिलो पटक निर्वाचन भएको हो ।

Leave A Reply

Your email address will not be published.