एनआरएनए बेल्जियमको अध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचित

0

गैर आवासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालका लागि हुने निर्वाचनमा अध्यक्ष बाहेक सबै पद निर्विरोध निर्वाचित भएकाछन । जुलाई ९ तारिख उम्मेद्बारी फिर्ता लिने अन्तिम दिनमा केही उम्मेद्बारी फिर्ता भएका र केही पदहरुमा विधानमा समायोजन हुने गरी निर्विरोध निर्वाचित भएका हुन ।

जस अनुसार आइसिसि सदस्य पदमा मदन दवाडी, हरी भट्टराई र भीम सुबेदी,   उपाध्यक्षमा काशी दनै, लोकेन्द्र नेपाल (पुष्प) महिला उपाध्यक्षमा साबित्री गिरी, युवा उपाध्यक्षमा रिबु श्रेष्ठ बस्नेत र जनजाती उपाध्यक्षमा इन्दिरा चाम्लिङ राई निर्विरोध निर्वाचित हुनु भएको छ ।

त्यसै गरि महासचिवमा रुविना शर्मा , उपमहासचिवमा राजेन्द्र कार्की, सचिवमा रमेश दाहाल, सञ्जयदेव श्रेष्ठ, ईश्वरा शर्मा, महिला सचिवमा जमुना शर्मा, कोषाध्यक्षमा अजित तुलाचन, सहकोषाध्यक्ष डा, राजु श्रीवास्तव, महिला संयोजकमा सारदा धिताल, महिला उपसंयोजकमा सरु श्रेष्ठ गुरुङ, युवा संयोजकमा सुदीप चौधरी, एन्तवेरपेन संयोजक चित्र गुरुङ, लुभेन संयोजकमा सुरज खरेल, ब्रुज संयोजक देवी कुमारी शर्मा, निर्विरोध निर्वाचित हुनु भएकोछ ।

सदस्यहरुमा सुर्य प्रसाद सापकोटा, रोशन गौतम, दिपिका केसी, बिनोद शाही, निता सुब्बा, रश्मी निरौला, जानु नेपाल, बिक्की मल्ल, सरोज आचार्य, रमेश सापकोटा निर्विरोध निर्वाचित हुनु भएकोछ ।

निर्वाचन हुन बाँकी अध्यक्ष पदका ३ जना उम्मेद्वारहरुलाई सहमति कायम गर्न जुलाई ११ तारिख १० बजे राती सम्म उम्मेद्बारी फिर्ता लिने समय बढाईएको छ ।

Leave A Reply

Your email address will not be published.