एसईई नतिजा : २२ हजार ४ सय ७५ विद्यार्थीले ल्याए ‘ए प्लस’

0

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ को नतिजा सार्वजनिक गरेको  छ।

बिहीबार प्रकाशित नतिजाअनुसार ए प्लस जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ रहेको छ । यो एसईईमा सहभागी कुल विद्यार्थी संख्याको चार दशमलव ६३ प्रतिशत हो ।

यस्तै ए जीपीए ल्याउने विद्यार्थीको संख्या ५५ हजार ६९ रहेको छ । यो एसईईमा सहभागी कुल विद्यार्थी संख्याको ११ दशमलव ३६ प्रतिशत हो ।

गएको चैत १७ गतेदेखि भएको परीक्षामा चार लाख ८५ हजार तीन सय ९६ जना विद्यार्थी सहभागी थिए ।

Leave A Reply

Your email address will not be published.