मन्त्री किरातीले प्राधिकरणका महानिर्देशक अधिकारीलाई सोधे ९ बुँदे स्पष्टीकरण

0

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधेका छन् ।

मन्त्री किरातीले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै ७ दिनभित्र जवाफ पेस गर्ने गरी महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका हुन् ।

सरकारले प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायका रुपमा अलग गर्ने नीति लिएको भएपनि त्यस नीतिविरुद्ध काम गरेको र अभिव्यक्ति दिँदै हिँडेकोमा स्पष्टीकरण सोधिएको छ ।

अधिकारी महानिर्देशक भएपनि नेपाली दर्ताका दुई वटा विमान र ३ वटा हेलिकप्टर दुर्घटना भएको भन्दै मन्त्री किरातीले ‘उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाईं असफल रहेको किन मान्नु नपर्ने ?’ भन्दै स्पष्टीकरण सोधेका छन् ।

मन्त्रालयले उनलाई दुर्घटना रोक्नभन्दा दुर्घटनापछिको प्रतिक्रिया दिन मात्रै अघि सरेको, एरोड्रम सेफ्टी स्टान्डर्ड विभाग र राष्ट्रिय गौरबका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाएर पोखरा विमानस्थलको प्रमाणीकरण गरेको,फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई उड्डयन सुरक्षा मूल्यांकनको पूर्व तयारीसमेत नगरीकन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याएको, परीक्षण उडानपछि प्रतिवेदन प्राप्त नभई एयरबस ३२० विमानलाई पोखरा विमानस्थलमा उडान गराएको विषयमा मन्त्रालयले अधिकारीलाई जवाफ पेस गर्न भनेको छ ।

Leave A Reply

Your email address will not be published.