एनआरएनए माल्टामा सदस्यता बितरणमा बिबाद हुँदा सदस्यता प्रमाणिकरण अबरुद्ध,

0

गैर आबासीय नेपाली संघ माल्टाको सदस्यता बितरणमा अनियमितता भएको प्रमाण फेला परे पछि भएको बिबादका कारण सदस्यता प्रमाणिकरण प्रकृया अबरुद्ध भएकोछ । गत मी महिनाको ९ तारिख बाट जुन १९ सम्म कारीब ३७ सयले पन्जिक्रित सदस्यताको लागि आबेदन गरेकोमा पहिलो ६ सय पच्चिसको प्रमाणिकरणमै अनियमितता भएको भन्दै बिबाद भएको हो ।
एनआरएनए माल्टाको सदस्यता प्रमाणिकरणमा पक्षपात गरेको र फरक मापदण्ड बनाएर कोहिलाई बिना कागजात सदस्य बनाउने  र कुनैलाई सबै कागजात हुँदाहुँदै सदस्य बन्न नदिएको आरोप लगाउदै एनआरएनए माल्टाका संस्थापक महासचिब सन्देश केसीले  केही दिन अघि उजुरी दिएका थिए ।

सदस्यता बितरणमा धादली भएको उजुरी परे पछि एनआरएनए केन्द्रले छानबिन गर्दा प्रमाणिकरण भएका  छ सय पच्चिस सदस्यमा करिब दुई सय सदस्य प्रकृया नपुगेका र नियम बिपरित बनाएको पाइएको थियो । त्यसलाई सुधार गर्ने र पारदर्शी तरिकाले सदस्य  बनाउने प्रतिबद्धता गरे पनि बर्तमान कार्यसमितिले सो अनुरुप कार्य नगरेको निबेदन दिने पक्षले बताएकोछ ।

सदस्यता बितरण पारदर्शी नभएको गुनासो आए पछि एनआरएनए युरोप संयोजक द्वय सन्तोष भट्टराई र चिन्तामणि सापकोटाको उपस्थितिमा दुबै पक्ष संलग्न बैठकले ४२ जना माल्टामा बसेको प्रमाण नभएका मानिसलाई सदस्य बनाएको र करीब १ सय साठी जनाको प्रमाण नपुगेकालाई पनि एमआईयस सिस्टमबाट सदस्यता अप्रूभ गरेको भेटिए पछि सच्याऊने निर्णय भएको थियो ।

त्यसमा सुधार नगरेर सदस्यता अप्रूभ प्रकृयानै रोकेर बाँकी ३ हजार सदस्यलाई अन्योलमा राखिएको भनेर सदस्य बन्न चाहनेहरुले आक्रोश ब्यक्त गरेकाछन ।

पहिले युरोप संयोजकसँग दुई पक्ष बसेर गरेको सहमति पालन नभएको भन्दै एनआरएनए माल्टाका पूर्व पदाधिकारीहरु लगायतले छानबिनको माग गर्दै पुन निबेदन दिएकाछन ।एनआरएनए माल्टाका पूर्व पदाधिकारीहरु उपाध्यक्ष रेम्स खनाल, प्रकाश भण्डारी, महासचिब सन्देश केसी, निर्वाचन संयोजक हरि प्रकाश विश्वकर्मा , मधु गुरुङ र प्रकाश थापाले छानबिनको माग गर्दै उजुरी गरेका हुन । उनिहरुले आफुलाई चुनाबि फाईदा पुग्ने गरी सदस्यता अप्रूभ गर्ने बर्तमान पदाधिकारीहरुलाई कार्यबाहिको माग गरेकाछन ।

निबेदनमा तीन हजार सात सय सदस्य बन्न चाह^का गैर अाबासीय नेपालीमा जम्मा ६ सयको प्रमाणिकरण भएको र त्यसमा नै गलत मनसायले नियम बिपरित गरेको प्रष्ट भैसकेकोले उनिहरुले गर्ने प्रमाणिकरण मान्य नहुने भन्दै दुबै जना युरोप संयोजकले त्यसको छानबिन गरेर सदस्यता बितरण छिट्टो भन्दा छिट्टो सन्चालन गर्न माग गरेकाछन ।

Leave A Reply

Your email address will not be published.