विद्युतको व्यापार सुनिश्चित गर्नसके खबौंको वैदेशिक लगानी आउँछ : प्रधानमन्त्री दाहाल

0

काठमाडौं \  प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादित विद्युतको व्यापार सुनिश्चित गर्नसके नेपालमा खर्बौैंको वैदेशिक लगानी आउनसक्ने बताउनुभएको छ । शुक्रबार काठमाडौंमा भएको नेपाल उद्योग परिसंघको २० औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले विद्युतको राम्रो बजारको व्यवस्था गर्न खोजेको पनि बताउनुभयो ।

प्रधानमन्त्री दाहालले विद्युतमा खर्बौंको लगानी आउनसके मुलुकको अर्थतन्त्रका समस्या र चुनौति समाधान गर्न सहज हुने बताउनुभयो । उहाँले अर्थतन्त्रका समस्या र चुनौतीलाई स्थायी र दीर्घकालिन समस्या समाधान गरेर देशको अर्थतन्त्रलाई गुणात्मक गति दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकारले धेरै मेहनत गरेर अहिले नेपाल भारत सम्बन्धलाई विश्वासको नयाँ धरातल दिएको बताउनुभयो । उहाँले भारतका प्रधानमन्त्रीले नेपाल भारतको सम्बन्धका सन्दर्भमा सीमाका समस्या समस्या समाधान गर्ने बताउनु भन्दै नेपालसँगको सम्बन्ध हिटबाट सुपर हिट बनाउने कुरा आवेगको भरमा नआएको बताउनु भयो । उहाँले दुई देशबीचको सम्बन्ध व्यापार तथा कृषि क्षेत्र विशेष जोड दिएको बताउनुभभयो । उहाँले पछिल्लो समय राष्ट्र हीतको काम गरे पनि नकारात्मक दृष्टिकोणले हेर्ने प्रवृति बढ्दै गएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले वर्तमान सरकारले सुरुवातमा नै गरेका निर्णयको प्रभावले अर्थतन्त्रमा क्रमश सुधार हुँदै गएको दाबी गर्नुभयो । उहाँले तुलानात्मक लाभका क्षेत्रमा लगानी बढाउन निजी क्षेत्रको चासो सम्बोधन गर्दै नीतिगत र कानूनी सहजिकरण गर्न, साना तथा मझौला उद्योगलाई प्रोत्साहन गर्न, सेवा प्रवाहमा सहजता ल्याउने काम भइरहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले प्रविधिमैत्री अवधारणा लागू गर्न, अन्तरनिकाय समन्वय प्रभावकारी बनाउन, मौद्रिक नीति र आर्थिक नीति बीच सन्तुलन कायम गर्न, बैंकको ब्याजदर घटाउन उपायहरु खोजगरी लागू गर्न, पुँजीगत खर्च बढाउन र अर्थतन्त्र सुधार गर्न आवश्यक पर्ने नीतिगत कानूनी र व्यवहारिक कदम चाल्न सरकार लागि रहेको बताउनु भयो । उहाँले सरकार निजी क्षेत्रलाई विश्वासमा लिँदै अर्थतन्त्र सुधारको लागि नितीगत तथा संरचनागत सुधार गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले सरकार र निजी क्षेत्रबीच बलियो एकता सहकार्यले मात्र समृद्धि र विकासको लक्ष्य पूरा गर्नसक्ने सरकारको मान्यता रहेको बताउनुभयो । उहाँले निजी क्षेत्रको सहकार्यबाट नै आर्थिक समृद्धि हासिल हुृनसक्छ भन्नमो सरकार स्पष्ट रहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.