यस वर्ष मल अभाव हुँदैन : प्रधानमन्त्री प्रचण्ड

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस वर्ष रासायनिक मल अभाव नहुने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रासायनिक मलको आपूर्ति विगतको भन्दा सुदृढ भएको दाबी गर्दै यस वर्ष मल अभाव नहुने बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले ७१ हजार मेट्रिक टन विभिन्न डिपोमा मौज्दात रहेको र भारतको कोलकत्ताबाट ४५ हजार डिएपी मल यही महिनाभित्र नेपाल भित्रिने बताए ।

रासायनिक मलको लागि १५ अरब विनियोजन भए पनि थप २३ अरबको स्रोत सुनिश्चित गरी मल आपूर्तिलाई सुद्धृढ गरिएको उनको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.