पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान

0

पोखरा \ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो पटक अन्तर्राष्ट्रिय उडान हुँदैछ । चिनियाँ विमान कम्पनी सिचुवान एयरलाइन्सको जहाज अहिले साढे ९ बजे पोखरा विमानस्थलमा आइपुग्ने संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले जानकारी दिनुभयो ।

चीनको छेन्दु–तियान्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट चार्टर्ड उडान भरेर नेपाल आउन लागेको विमानमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित एक सय ३० जना यात्रु रहेका छन् ।

चीन भ्रमणमा रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको नेपाली टोली र आउँदो शुक्रवार र शनिवार पोखराको फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक पोखरा आउँदैछन् ।

जहाज आजै पोखराबाट काठमाण्डौ अवतरण भइ नियमित उडान मार्फत छेन्दु फर्कनेछ । गएको पुस १७ गतेदेखि संचालनमा आएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म आन्तरिक उडान मात्रै भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.