नेपाली ब्यबसायी संघ बेल्जियमको कम्पनी संचालनका कानुनी र ब्यबहारिक ज्ञान सम्बन्धी प्रशिक्षण कार्यशाला सम्पन्न,

0

नेपाली व्यवसायी संघ बेल्जियमले  ब्यबसायिहरु र नयाँ ब्यवसाय सुरु गर्न चाहनेहरुलाई व्यापार व्यवसाय र रोजगारी लाई व्यवस्थित गराउन सहयोग पुग्ने गरि एक दिवसीय अभिमुखीकरण तालिम सम्पन्न गरेको छ । बेल्जियममा रहेका नेपाली ब्यबसायिहरुको संस्था नेबाबले ६० जनाको सहभागितामा लुभेनमा सोमबार सो कार्यशाला सम्पन्न गरेको हो ।

सामाजिक सुरक्षा सचिबालय (सोसियाल सेक्रेतरियात) आसेर्ताका कम्पनी सम्बन्धी बिज्ञ युलीले बेल्जियममा काम गर्ने सबै कामदारहरूले अनिवार्य रुपमा कम्पनीसंग सम्झौता गरेर काम शुरु गर्नु पर्ने, सम्झौता बिना काम गरेको वा काम लागाइएको पाइएमा ठुलो रकम जरिवाना सहित कानुनी कारबाही हुने भएकोले बेल्जियमको कानून अनुसार हप्तामा ३८ घण्टा भन्दा माथि काम गर्ने कामदारहरूलाई पूर्णकालिन कामदार (फुल टाइम) र त्यो भन्दा कम घण्टा काम गर्नेहरूलाई आंशिक कामदारको रुपमा सम्झौता अनुसार राख्नु पर्ने सुझाब दिनु भयो ।

श्रम कानुन अनुसार बयस्कहरुलाई ६ घण्टा नियमित काम गरेपछि १५ मिनेट ब्रेक समय दिनु पर्ने र १८ बर्ष मूनीकाले साढे चार घण्टामा ब्रेक पाउने बताउनु भयो । उहाँले कामदारहरूले  ३८ घण्टा नियमित काम गरेपछि एउटा आईतवार बिदा पाउने नियम रहेको पनि बताउनुभयो ।
नियम बुझेर आफ्नो कम्पनीको क्याटगोरी बुझेर कामदारको नियुक्ती, कर र सामाजिक सुरक्षा फन्डको भुक्तानी लगायत कानुनी पारदर्शिता अपनाएमा धेरै फाईदा लिन सकिने टिप्स सहितका सुझाब दिनु भयो ।

अर्का बिज्ञ एसेर्टाका व्यापार विकास प्रवन्धकले कुनै पनि व्यवसाय शुरुगर्नु भन्दा पहिले बजारको अध्ययन, योजना, लगानी, आयव्ययका सम्भाबित खाका तयार गर्ने र लेखा प्रणाली, आपूर्तीकर्ता लगायतका बिषयमा ध्यान दिन जरुरी भएको बताउँदै, कम्पनीको सुरक्षाका लागि विमा, कर जस्ता विषयमा पनि प्रष्ट हुनु पर्ने बताउनुभयो ।

नेबाबका उपाध्यक्ष एबम अभिमुखीकरण तालिमका संयोजक कासी दनैले कार्यक्रमको सुरुवात गर्दै यो कार्यक्रम बेल्जियमका विभिन्न क्षेत्रमा उद्मोग व्यवसाय संचालन गरिरहेका र गर्नेहरूका लागि लक्षित गरी तर्जुमा गरिएको जानकारी दिँदै यो कार्यक्रमले व्यवसायीहरूलाई मात्र नभै कामदारहरूका लागि समेत जानकारीमूलक भएको बताउनुभयो ।

उहाले संघले यस्तै प्रकारको तालिम पहिले पनि आयोजना गरेको र यो तालिमलाई अझै व्यापकता दिनु पर्ने सुझाव आएको हुँदा संघको बार्षिक कार्ययोजना अनुसार नै आफुहरूले यो कार्यक्रम आयोजना गरेको जानकारी दिनुभयो ।

कार्यशालाको समापन गर्दै नेपाली ब्यबसायी संघ बेल्जियमका अध्यक्ष चिरनकुमार खवासले व्यवसायीहरूको अनुरोध र आबस्यक्ता अनुसार संघले यो कार्यक्रम आयोजना गरेको बताउँदै नेपाली ब्यबसायिहरु एक भएर लागेमा भबिस्यमा अझ बढी गर्न सकिने बताउनुभयो । उहाले आगामी दिनमा संघले ब्यवसायी र कामदारहरूको पक्षमा अझ बढी सशक्त भएर काम गर्ने आश्वासन पनि दिनुभयो । अध्यक्ष खवासले विदेशमा नेपालीहरूले गरेको लगानीलाई परिणाममूखी बनाउन नेबाबले हातेमालो गरेर अघि बढ्ने आश्वासन दिनुभयो

कार्यक्रमको सहजिकरण नेबाबका महासचिब जगदिश सपकोटाले गर्नु भएको थियो । कार्यक्रमको अन्त्यमा आसेर्ताका बिज्ञहरुलाई मायाको चिनो सहित् धन्यबाद ज्ञापन गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागीहरूले आयोजक संस्थाका पदाधिकारी र सम्वन्धित विषयका बिज्ञहरूसंग अन्तर्कृया गरेका थिए । ब्यापार ब्यवसाय गर्दा आएका समस्याका बारेमा अधिकांस व्यवसायीहरूले जिज्ञाशा राखेका थिए भने बिज्ञहरुले त्यसको कानुनी र ब्यबसयिक समाधानका उपाय सुझाएका थिए ।

कार्यक्रममा अन्तवेरपेन, ब्रुसेल, ब्रुगेन गेन्ट, हासेल्ट लगायत शहरबाट आएका सहभागिहरुले कार्यशाला उपयोगी भएको प्रतिकृया दिदै यस खाले प्रशिक्षण तालिमहरु बेल्जियमका विभिन्न शहरहरुमा आयोजना गर्न नेबाबलाई सुझाव दिएका थिए ।

 

 

Leave A Reply

Your email address will not be published.