अमेरिकामाथि नेपालको सहज जित

0

भीम सार्की र करण केसीको उत्कृष्ट प्रर्दशनमा नेपालले आईसीसी विश्वकप छनोटमा अमेरिकालाई ६ विकेटले पराजित गरेको छ। अमेरिकाले दिएको २०८ रनको लक्ष्य नेपालले ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो। जितसँगै नेपालले शीर्ष ३ मा रहँदै सुपर सिक्समा पुग्ने सम्भावना कायमै राखेको छ।

ओडिआई करियर कै उच्च प्रर्दशन गरेका भिमले  रनको योगदान दिए। भिमले  बलमा ७ चौका र १ छक्का प्रहार गरे। चौथो विकेटका लागि भिम र दिपेन्द्र सिंह ऐरीले  रनको साझेदारी गरेपछि नेपालले अमेरिकाविरुद्ध सहज जित निकालेको हो। ओपनर कुशल भुर्तेलले ३९ रनको योगदान दिए। ५४ बलको सामना गरेका कुशलले ४ चौका र १ छक्का हाने।  कप्तान रोहित पौडेलले १६, कुशल मल्लले १३ तथा आशिफ शेखले १२ रन थपे।

त्यसअघि जिम्बाब्वेको ताकशिंगा स्पोट्र्स क्लबमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका ४९ ओभरमा २०७ रन बनाउँदा अलआउट भयो। अमेरिकालाई सामान्य स्कोरमा रोक्न नेपालका करण केसी एक्लैले चार विकेट लिए। करण केसी आफ्नो नवौ ओभरमा १७ रन खर्चे। करणले ९ ओभरमा ३ मेडन राख्दै ३३ रन दिएर ४ विकेट लिए।

करणले दशौं ओभरको दोस्रो बलमा नोसथुस केन्जीगलाई आरिफ शेखको हातबाट क्याच आउट पवेलिएनको बाटो देखाए। करणले नै आठौं ओभरको पाँचौं बलमा आरोन जोन्सलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गराए।

Leave A Reply

Your email address will not be published.