नेपाली युबा पशुपति कंडेलले जिते बेल्जियमको बडी बिल्डिङ प्रतियोगितामा स्वर्ण पदक,

0

बेल्जियममा भएको सारिरिक सुगठन (बडि बिल्डिङ) प्रतिष्पर्धामा नेपाली युबा पशुपति कँडेलले दुई गोल्ड मेडल जितेकाछन । १७ जुन २०२३ मा, ग्रान्ड प्रिक्स ब्रेडेनको MEC Versluys (Kapelstraat 76) मा बेल्जियम भरिका बोडी बिल्डरहरुको प्रतियोगितामा उनले नयाँ बडी बिल्डरको मेडल पनि जितेकाछन । यस पछि उनले युरोपेली र विश्व च्याम्पियनसिपको लागि भाग लिन पाउने छन्।
अब ग्रान्ड प्रिक्स प्राकृतिक एथलीटहरूको अन्तराष्ट्रिय खुला प्रतियोगिता स्पेनको सलामन्का (ग्रान्ड प्रिक्स २०२३ मा खेलाडीहरूलाई ३० जुन र १ जुलाई २०२३ मा सलामन्का, ICN युरोपियन च्याम्पियनसिप)मा हुँदै छ। त्यसमा समेत पसुपतिले उनी बेल्जियम प्रतिनिधित्व गर्नेछन । जसको लागि विश्वभर टिकट बिक्री पनि सुरु भइ सकेको छ।

प्रतियोगितामा जित हाँसिल गरेपछि बेल्जियमका गोल्ड मेडालिष्ट बडीबिल्डर पशुपति कँडेलले मिडियाकर्मी संगको कुराकानीमा भनेका छन् ‘एक व्यक्ति जसले कडा व्यायाम मार्फत आफ्नो शरीरको मांसपेशिहरुलाई बलियो बनाउँछ र बिकास गर्दछ। त्यसको लागि सर्वप्रथम मानिसले आँफ्नो दिनचर्यालाई बदल्न सक्नु पर्छ। तर अचेल मानिसहरूले आफ्नो शारीरिक तन्दुरुस्तीको बारेमा खासै ध्यान दिन्नन,आफ्नो स्वास्थ्यको विषयलाई बिरामी परेपछि मात्र चासो दिन्छन र समय घर्केपछि पछुताउँछन् ।उनले थप्छन,’वास्तवमा सुगठित जीउ बनाउनु सजिलो काम हैन ।

जिमखानामा केहिबेर पसिना बगाउँदैमा सिक्स प्याक बन्दैन । यसका लागि पर्याप्त, सन्तुलित, पौष्टिक तथा स्वस्थ आहारको नियम पनि पालना गर्नुपर्दछ । स्लिम देखिन दुब्लाउने मानिसहरूलाई उनको सुझाव के छ भने उनिहरूले पहिला आफ्नो शरीर र मनको कुरा सुन्नुपर्छ।’
‘ इन्टरनेटमा उनका फोटो शेयर भएपछि अन्य युबा युवतीहरूले पनि प्रतिक्रिया दिदैँ उनीबाट प्रभावित भएको बताएका छन्। शरीर नै आफ्नो पहिचान भएका कारण शरीरलाई आफूले निकै ध्यान दिने पशुपति बताउँछन् । उनले खाना बिशेष रुपले ध्यान दिन आग्रह गर्दै शरीरलाई तन्दुरुस्त एवं फुर्तिलो राख्न डाइटका रूपमा चिल्लोरहित खानेकुरा, फलफूल, चिकेन, बफ, अण्डा, चना, मल्टी भिटामिन, सप्लिमेन्ट्री तथा प्रोटिनयुक्त खाद्यपदार्थलाई प्राथमिकतामा राख्न सबैलाई अनुरोध गरेका छन् ।

उनि केहि वर्ष अगाडीदेखि बडी बिल्डिङ(शारीरिक सुगठन)मा लागेका थिए । अहिले ३४ वर्षका भए, बडी बिल्डिङमा उनको विराम लागेको छैन । उनले यति छिटो आफ्नो नाम बेल्जियमको कीर्तिमानीको सूचीमा राख्न सफल भए भन्ने कुरा कतिलाई त विश्वास नलाग्ने खालकोछ, तर उनले बेल्जियमको नेपालीबिच मात्र नभएर बेल्जियम भरि नेपाल र नेपालीलाई चिनाउन सफल भएका छन्।
कँडेलका अनुसार,उनले दैनिक ६ देखि ७ हजार क्यालोरी ऊर्जा पाउने खानेकुरा खान्छन् । जबकि सामान्य मानिसलाई करिब २२ सय क्यालोरीले पुग्दछ ।उनको दैनिक आहारामा ३०० ग्राम प्रोटिन हुन्छ । जसका लागि उनले आधा पाउण्ड साल्मोन माछा र ओट प्रोटिन शेक पिउँछन् । शेकबाट उनले दैनिक ७०० क्यालोरी प्राप्त गर्दछन् । त्यसमा ६ कप ओट, आधा कप भ्यानिला प्रोटिन पाउडर तथा पानी मिसाइएको हुन्छ । यस्तो शेक उनले दिनमा ६/७ पटक पिउँछन् ।
बेल्जियमको एक प्रतिष्ठित मिडियामा अन्तर्वार्ताको क्रममा उनले भनेका छन् “म अलिक धेरै तौल भएको थिएँ। केही वर्ष पहिले मैले व्यक्तिगत प्रशिक्षक नियुक्त गर्ने निर्णय गरें। म बेल्जियम आएपछि कोच मार्फत बडीबिल्डर संसारको सम्पर्कमा आएँ । मलाई त्यहाँ असाध्यै राम्रो लाग्यो। अहिले मैले धेरै प्रशिक्षण र मेरो कडा परिश्रमको लागि इनाम पाएँ। मैले अहिलेसम्म खेलेका तिनवटा राष्ट्रिय प्रतियोगितामध्ये दुईमा गोल्ड मेडल हात पारेको छु । म असाध्यै खुशी छु।”

अन्तर्वार्तामा उनले बताएका छन्,”कसैले धेरै तालिम दिएर मात्रै शरीर बनाउन सक्दैन । उचित पोषण पनि महत्त्वपूर्ण छ। नतिजाहरू प्राप्त गर्न हामीले कार्बोहाइड्रेट, प्रोटीन र फ्याटहरू बीचको सही सन्तुलन बनाउन आवश्यक छ। यस मामिलामा धेरै मानिसले ख्याल गर्दैनन् । व्यावसायिक मार्गदर्शन बिना, मानिसको स्वास्थ्य खराब हुन सक्छ।”
उनका अनुशार “एक बडीबिल्डरको जीवनमा बल्किङ र काट्ने अवधिहरू हुन्छन्। बल्किङ गर्दा, हामीले सन्तुलित रुपमा धेरै खान्छौँ ताकि हामीले मांसपेशिहरु निर्माण गर्न सक्ने छौँ । प्रतिस्पर्धाको दौडमा,हामीले बोसो समाप्त पार्नु पर्ने हुन्छ : त्यसको लागि कम खान्छौँ, त्यसले हाम्रो तौल घटाउने छ र त्यसपछि ब्यायाम गर्दा बनाएको मांसपेशिहरु राम्रोसँग बाहिर आउँछन्। ती अवधिहरूको लम्बाइ व्यक्तिपिच्छे फरक हुन्छ। यसको लागि हामीलाई साँच्चै व्यावसायिक मार्गदर्शन आवश्यक पर्छ । ”
अचेल शारीरिक सुगठनलाई प्राकृतिक रूपमा अभ्यास गर्ने र प्रतिस्पर्धात्मक रूपमा सहभागी हुने माग बिश्वभरि बढ्दै गएको छ । एथलीटहरू, हेल्थ किपरहरू, अबिभावकहरूले बढ्दो मागलाई महसुस गरेर सन् १९९६ मा बेल्जियममा प्राकृतिक बडीबिल्डिङ प्रतियोगिता,संस्था(“NCOBB vzw”)को स्थापनालाई जन्म भएको हो।
यो सँस्था सोही वर्ष अन्तर्राष्ट्रिय महासंघ NBBFI (छाता निकाय) र पछि फ्रान्समा मुख्यालय भएको UIBBN को सदस्य भयो।

Leave A Reply

Your email address will not be published.