भुटानी शरणार्थी प्रकरण : तीन अभियुक्तको प्रतिरक्षा बहस सकिएन

0

काठमाडौं \  नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तको प्रतिरक्षा बहस एक साता पुग्दा पनि सकिएन । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजालसमा गत बुधबारदेखि वकिलहरुले प्रतिरक्षा बहस गरिरहेका छन् ।

अभियुक्तको पक्षमा प्रतिरक्षा बहस गर्न नाम टिपाएका वकिलको संख्या सयभन्दा माथि थियो । न्यायाधीश न्यौपानेले प्रतिरक्षा बहस बुधबार सकिसक्न आग्रह गर्नुभएको थियो । बुधबारसम्म प्रतिरक्षा बहस सकाएर बिहीबार सरकारी वकिलहरुबाट जवाफी बहस गराउने न्यौपानेको तयारी थियो। तर बुधबारसम्मको बहसमा अझै तीन अभियुक्तको पक्षमा वकिलहरुले बोल्न बाँकी रहेको छ ।

बुधबार प्रतिरक्षा बहस गर्ने पूर्वगृहमन्त्री बालकृष्ण खाँणका अधिवक्ताले उनको बचाउ गरे । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पूर्व गृहमन्त्री बालकृष्ण खाँडको साथबाट बरामद भएको कागज भनेर प्रहरीले अभियोगपत्रमा समावेश गरेको दसी प्रमाण माथिनै प्रश्न उठाउनुभएको छ । पूर्वगृहमन्त्री खाँणविरुद्धको अभियोगको औचित्य माथि प्रश्न उठाउँदै उहाँले प्रधानमनत्री बन्ने सम्भावना भएको व्यक्तिको चरित्र हत्या भएको दाबी गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.