बजेटकै कारण सरकार ढल्दैन् : माधव सापकोटा

0

काठमाडौं \  नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताउनुभएको छ । सत्तारुढ दलहरुले नै बजेटको विरोध गरिरहेका बेला उहाँले सोही कारण सरकार नढल्ने प्रतिक्रिया दिनुभएको हो ।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद सापकोटाले बजेटको विषयलाई लिएर सत्तारुढ गठबन्धन भित्र केही गुनासो भएको र त्यसलाई सम्बोधन गरेर अघि बढने बताउनुभयो ।

सांसद सापकोटाले सरकारले भारतसँग रहेका असमझदारीहरु हल गर्दै जानुपर्ने बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.