काठमाडौं \ भारत भ्रमणमा क्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले दुईवटा नदी सित्तैमा सुम्पिएको एमाले अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाउनु भएको छ ।
अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले भारत भ्रमण क्रममा देशहितको पक्षमा एक शब्द पनि बोल्न नसकेको समेत अरोप लगाउनुभएको छ । प्रधानमन्त्री दाहालले फुकोट कर्णाली जलविद्युत आयोजना निर्माण कार्य भारतलाई सित्तैमा सुम्पेर गल्ती गरेको ओलीको टिप्पणी छ ।
भारतसँग आफ्नो देशको पिरमर्कासमेत प्रधानमन्त्री दाहालले राख्न नसकेको ओलीको आरोप छ । शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा उहाँले सरकारलाई नालायकको संज्ञा दिँदै देशकै लागि दूर्भाग्य भएको टिप्पणी गर्नुभयो । उहाँले आम नागरिकको पक्षमा कुनै काम गर्न नसकेको भन्दै सरकारको आलोचनासमेत गर्नुभयो ।