बेल्जियममा नेवारी संस्कार अनुसार सामुहिक बेलबिबाह (इही) सम्पन्न,

0

बेल्जियममा बसोबास गर्ने नेवार समुदायले नेवारी भाषा, कला र संस्कृतिको सम्वर्धन र प्रवर्द्धन गर्ने उद्देस्यले खोलेको सामाजिक संस्था पासा पुँचले युरोपमा पहिलो पटक नेवारी परम्पराअनुसार सामुहिक बेल विवाह (इही) कार्यक्रम सम्पन्न गरेको छ ।

बेल विवाह कार्यक्रममा बेल्जियम र जर्मनका गरी १० जना कन्याहरुको सहभागिता थिए भने धार्मिक अनुष्ठान गर्नका लागि गुरुको रुपमा बेलायतबाट योगेन्द्र बज्राचार्यलाई निम्त्याइएको थियो ।

इही नेवार सभ्यताको एउटा मुख्य अंग भएकोले यो कार्यक्रम आफुहरुले सामुहिक रुपमा आयोजना गरेको र यसबाट अभिभावकहरुको समय र लगानी समेत बचत भएको पासा पुचका निबर्तमान अध्यक्ष एबम एनआरएनए आइसिसी सदस्य रोशन जोशी ( भिम ) ले बताउनु भएकोछ ।

‘हाम्रै समुदायका कतिपय साथिहरु यसकै लागि नेपाल जानुपर्ने बाध्यता पर्ने गरेकोमा बेल्जियममै कार्यक्रम आयोजना गर्दा यसले प्रवासमा नेवारी सभ्यताको जगेर्ना त गर्यो नै, यसले अभिभावकहरुलाई विभिन्न दृष्टिकोणबाट सहज र सरल पनि तुल्यायो’– जोशीले बताउनु भयो ।

सामुहिक इही युरोपमा पहिलो पटक सामुहिक रुपमा सम्पन्न गर्न पाएकोमा बेल्जियम र युरोपका नेवार अबिभाबकहरु अझ बढि उत्साहित र अत्यन्त खुशी भएका छन् ।

पासा पुचका संस्थापक अध्यक्ष रवीन्द्रमान श्रेष्ठले बेल विवाह हिन्दु र बुद्ध धर्मालम्वीहरुले सामुहिक रुपले एउटै ठाउँमा ल्याएर सम्पन्न गरिने परम्परा भएको उल्लेख गर्दै, बेल भनेको भगवान शिवको प्रतीक भएको हुँदा रजस्वला हुनुपूर्व स–साना बालिकाहरुको भगवानसँग गरिने प्रतीकात्मक विवाह भएकोले परदेशमा पनि नेवार समुदायले यो सभ्यतालाई निरन्तरता दिएको जानकारी दिए ।
यो कार्यक्रमको आयोजनामा सन्योजनकारी भूमिका निभाएकी पूर्व अध्यक्ष रजनी प्रधानले इही नेवारी परम्पराअनुसार छोरी प्रथम रजस्वला हुनु भन्दा पहिले बेलसँग विवाह गर्ने परम्परा छ र, लामो समयदेखि युरोपमा बसोवास गर्ने नेवार समुदायमा यो परम्परा अनुसार इही गर्न आवश्यक भएको हुँदा समुदायसँगको सल्लाह र आग्रह अनुसार यो कार्यक्रम सामुहिक रुपमा आयोजना गरेको र आगामी दिनमा आवश्यकता अनुसार यो कार्यक्रमलाई नियमितता प्रदान गरिने जानकारी पनि दिनु भएकोछ ।

गत सोमबाार आयोजित कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारी सपरिवार सहित उपस्थित भएर नेवारी परम्परा अनुसारको कार्यक्रममा सहभागि नानीहरुलाई बधाई एबम शुभकामना दिनु  भएको थियो ।  उक्त समारोहका अध्यक्ष एबम पासापुच बेल्जियमका अध्यक्ष चिज कुमार श्रेष्ठले पहिलो पटक बेल्जियम नेवारी संस्कारको पवित्र कार्य इही आयोजना गर्न पाएकोमा खुशी ब्यक्त गर्दै सहभागि र सहयोगि सबैलाई  धन्यवाद दिनु भएको थियो ।

संस्थाका महासचिब सुर्य नारायण श्रेष्ठले सन्चालन गर्नु भएको कार्यक्रममा अतिथिहरुलाई उपाध्यक्ष मुना ताम्राकारले स्वागत गर्नु भएको थियो ।

उपाध्यक्ष राधा प्रधान, कोषाध्यक्ष प्रेम प्रधान र सदस्यहरु कृष्ण श्रेष्ठ, सुर्यदेबी श्रेष्ठ, उमेश कर्माचार्य,मुकेश श्रेष्ठ, कमला जोशी, शिलु श्रेष्ठ , सन्जु उदास,प्रिती श्रेष्ठ कर्माचार्य, श्रेष्ठ लगायतको सकृयतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा बेल्जियममा बस्ने नेवार समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.