एनआरएनए बेल्जियमको विधान मस्यौदा समितिको अन्तरक्रिया, नयाँ विधानका लागि सुझाव संकलन

0

गैर आवासीय नेपाली संघ बेल्जियमको विधान मस्यौदा समितिले संस्थाको विधानमा संसोधान गर्नु पर्ने विषयका बारेमा जनमत लिने उद्देश्यले सोमबार एक कार्यक्रमको आयोजना गरेको छ । एन्टवेरपेनमा भएको छलफल र अन्तरक्रिया कार्यक्रममा अहिले प्रयोगमा भएको विधानका बिभिन्न दफाहरुका सकारात्मक र नकारात्मक प्रभावका बारेमा छलफल गर्दै वर्तमानमा त्यसबाट समाजमा पर्ने प्रभाव र सच्याउनु पर्ने विषयका बारेमा सुझाव मागिएको थियो ।

पुरानो विधानमा भएको व्यवस्थाबाट संस्थालाई यस खालको असर परेको र अब यसरी गर्दा भविस्यमा यस्तो हुन सक्छ भन्ने तथ्य सहित् प्रस्तुत भएका विधान समितिका पदाधिकारीहरुले सहभागि एनआरएनकर्मी, संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुका धारणा बुझेका थिए । छलफलबाट आएका उत्तम सुझावहरुलाई समेटेर विधानको अन्तिम मस्यौदा आगामी अधिवेशनमा प्रस्तुत गर्ने जानकारी समितिले जनाएकोछ ।

एनआरएनएको केन्द्रीय विधान नबाझिने गरि एनसीसी बेल्जियमको विधानमा नमिलेका विषयहरु र थप्न पर्ने विषयहरुमा छ्लफल गरि सबैको अपनत्व हुने विधान बनाउनका लागि विधान समितिलाई दिएको जिम्मेवारी अनुसार सबैको प्रतिनिधित्व होस भनेर अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको विधान समितिका संयोजक कृष्ण तिवारीले बताउनु भएकोछ ।

अन्तरक्रियामा सहभागिहरुले एनसीसीको कार्यसमिती चुस्त बनाउनु पर्ने,संरक्षक परिषदलाई मर्यादित र संस्थाको हितमा हुने गरि मनोनयन गर्ने व्यवस्था गर्ने, निर्वाचित सदस्य भित्रबाटै प्रवक्ताको जिम्मेवारी दिनु पर्ने, स्थानीय कानुन अनुसार दर्ता भएको एनआरएनए भिजेडवे र केन्द्र सँगको आवद्धता र केन्द्रीय विधानको एकरुपता, जातीय संघ संस्था प्रतिनिधित्वलाई परिमार्जन गरेर समायनुकुल बनाउने, बैठकमा न आउने र लेबि नतिर्ने सदस्यहरुलाई कारवाही गर्नु पर्ने, निर्वाचनमा उठेर १० प्रतिशत मत नल्याउने उम्मेद्वारको धरौती जफत गर्नु पर्ने, क्षेत्रीय संयोजकलाई सचिवालयमा राख्नु पर्ने लगायतका विषयमा सुझाव दिनु भएको थियो ।

एनआरएनकर्मिहरु गंगाधर गौतम, लोक दाहाल, शिव बरुवाल, झलक केसी, मेख गुरुङ, टिकाराम पौडेल बिनोद न्यौपाने, सीता सापकोटा, तीर्थ धमला, प्रकाश गिरी, मदन दवाडी, कविता साउदेन, भुवन सुवेदी,ओम शर्मा लगायतले सुझाव दिनु भएको थियो । अन्तरक्रियामा एनआरएन बेल्जियमका अध्यक्ष खड्क केसीले पुरानो विधान कार्यान्वयन गर्दाका अनुभव सहित सुझाव प्रस्तुत गर्नु भयो ।

कृष्ण तिवारीको संयोजकत्वमा मनिष गुरुङ, दीपक न्यौपाने, ईन्द्र वली, सुवास गुरुङ रहेको समितिले तयार गरेको विधान दीपक न्यौपानेले प्रस्तुत गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण मनिष गुरुङले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.