कालिका खबर डट.कम स्थापनाको एक वर्ष पूरा गरेर दोस्रो वर्षमा प्रवेश

0

पोर्चुगलबाट संचालित कालिका खबर डटकम स्थापनाको एक वर्ष पूरा गरेर दोस्रो वर्षमा प्रवेश गरेको छ ।

दोस्रो वर्ष प्रवेश गरिरहँदा निरन्तर साथ दिनुहुने समस्त पाठक, दर्शक, विज्ञापनदाता, शुभेच्छुक तथा यस संस्थामा आवद्ध सम्पूर्ण सदस्य तथा कर्मचारीहरुप्रति कालिका खबर डट.कमले विशेष आभार व्यक्त गरेकोछ ।

सबैको शुभेच्छा, हौसला, सहयोग र सहकार्यले नै यस सञ्चार माध्यमलाई स्थापित गराउँदै जनतालाई सुसुचित गराउने अविराम यात्रामा निरन्तर खटिरहन उर्जा प्राप्त भएको छ , कालिका खबर ब्यबस्थापनले भनेकोछ । खोज पत्रकारितालाई विशेष प्राथमिकता दिँदै कालिका–खबर डटकम २०७८ जेठ १६ बाट आरम्भ गरिएको थियो ।

जुन उद्देश्य र लक्ष्यका साथ कालिका–खबर डटकम सुरु भयो सोहि अनुसार आफ्ना कदम र कलमहरु सोहि अनुसार चलाऊने प्रयास गरेकाछौ ।

जन उत्तरदायी हुने जन चेतना फैल्याउने उद्यस्यले अघि बढेको कालिका–खबर डटकम आफ्नो गन्तव्यमा निरन्तर लागिरहने प्रण गर्दै यस एक वर्षको अवधिमा हाम्रा गल्ती– कमजोरीलाई औल्याएर सधैं सत्य र तथ्यको बाटोमा अघि बढ्न उर्जा थप्ने तपाई सम्पूर्ण पाठक र शुभचिन्तकप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर रचनात्मक सुझाव र प्रतिकृयाको अपेक्षा गरेको कालिका खबर डट कमका प्रबन्धक पुस्तक रेग्मीले प्रकाशित गरेको धन्यवाद बिज्ञप्तीमा बताइएकोछ ।

Leave A Reply

Your email address will not be published.