राष्ट्रपति पौडेलद्वारा भोटो जात्रा अवलोकन

0

काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेलले जावलाखेलमा बिहीबार अपरान्ह आयोजित भोटोजात्रामा सहभागी भइ भोटोजात्रा अवलोकन गर्नुभएको हो ।

मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथ लगनखेलबाट जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका थिए । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले जीवित देवी कुमारीको दर्शन पनि गर्नुभयो ।

गत बैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा बिहीबार भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रीहरु सहभागी हुनुहुन्थ्यो ।

रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो । मत्स्येन्द्रनाथको रथ यात्रा बैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना)सम्म चल्छ ।

Leave A Reply

Your email address will not be published.