रातो मच्छिन्द्रनाथको रथ जावलाखेलमा

0

रातो मच्छिन्द्रनाथको रथ ललितपुरको लगनखेलबाट तानेर जावलाखेल ल्याइएको छ । हिजो बेलुका रथ लगनखेलबाट जावलाखेल ल्याइपुर्‍याइएको हो ।

जावलाखेलमा राखिएको रथको दर्शन तथा पूजा गर्न बिहानैदेखि भक्तजनको भिड लागेको छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । अब पर्सि बिहीवार भोटो जात्रा हुनेछ ।

लगनखेलमा रहेको रथलाई जवलाखेलमा ल्याएको चार दिनमा भोटो देखाउने परम्परा छ । भोटो जात्रा पछि रातो मच्छिन्द्रनाथलाई खटमा राखेर बुङ्गमती लगिनेछ भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ । त्यससँगै यसवर्षको रातो मच्छिन्द्रनाथको रथयात्रा सकिनेछ ।

Leave A Reply

Your email address will not be published.