प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठको दोस्रो हप्तादेखि भारतको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको छ । त्यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।
प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारीमा दुवै देश जुटेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले भने दुवै देशको सहमतिमा चाँडै नै मिति तय हुने बताइन् । उनले भनिन्, ‘प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको तयारी सुरु भएको छ ।
विभिन्न सरोकारवाला तथा विज्ञहरूसँग छलफल पनि सुरु भएको छ, चाँडै नै दुवै देशको सहमतिमा मिति तय हुनेछ।’ परराष्ट्र मन्त्री एनपी साउदले पूर्वपरराष्ट्र सचिव, पूर्वपरराष्ट्र मन्त्री, पूर्वराजदूतहरूसँग छलफल गरिसकेका छन् ।