क्यान्टोनमेन्टमा भ्रष्टाचार प्रमाणित भए जेल जान तयार छु : प्रधानमन्त्री प्रचण्ड

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) भ्रष्टाचार भएको प्रमाणित भएमा जेल जान तयार रहेको बताएका छन् ।

बिहीबार बसेको संसद् बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले पूर्वलडाकुका लागि राज्यले दिएको अर्बौं रुपैयाँ हिनामिना भएको भन्दै गरेको प्रश्नको जवाफमा उनले यस्तो भनेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले माओवादी पूर्वलडाकुको नाममा भ्रष्टाचार भएको भन्ने आरोपहरू केवल आरोपमात्र भएको बताए ।

क्यानोन्टमेन्टमा रहेका लडाकुलाई दिएको रकमको सबैको रेकर्ड भएको उनले दाबी गरे । राज्यबाट दिएको रकम अडिट भएर टुंगो लागेको विषय पटक पटक ल्याएर राजनीतिकरण गर्न खोजेको आरोप उनले लगाए ।

Leave A Reply

Your email address will not be published.