शेर्पा किदुग बेल्जियमको अध्यक्षमा पि.डी शेर्पा निर्वाचित,

0

। ७ मई /ल्यूभेन बेल्जियम – शेर्पा किदुग बेल्जियमको अध्यक्षमा पेम्बा दोर्जी शेर्पा पि.डी शेर्पा निर्वाचित भएका छन । बेल्जियमको ल्यूभेनमा शनिबार आयोजित आठौ अधिवेशनको घोषणा सभा कार्यक्रमबाट शेर्पाको नेतृत्वमा किदुगको नयाँ कार्यसमिति घोषणा गरिएको छ ।गत १३ अप्रिलमै सम्पन्न आठौ अधिवेशनको बन्दसत्रले महासचिव कोषाध्यक्षको प्रतिवेदनलाई पारित गर्दै नयाँ कार्यसमिति चयनका लागि संस्थापक अध्यक्ष पेम्बा गेल्बु शेर्पाको संयोजकत्वमा ३ सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । निर्वाचिन समितिले सहमतीको आधारमा सर्वसम्मत किदुगको नयाँ कार्यसमिति घोषणा गरेको हुन ।

किदुगको निर्वाचित नयाँ कार्यसमितिमा अध्यक्ष पेम्बा दोर्जी शेर्पा (पि.डी.) उपाध्यक्षद्धय छिरिङ डोल्मा शेर्पा र ल्हाक्पा लामा शेर्पा, महासचिवमा जाङबु शेर्पा (जे.बी) निर्वाचित भएका छन । त्यसै गरी सचिवद्धया आङ पेम्बा शेर्पा र आङ छिरिङ शेर्पा, कोषाध्यक्ष ओङ्गेल शेर्पा र सह–कोषाध्यक्षमा आङ बाबु शेर्पा भएका छन । किदुगको सदस्यहरुमा गेलु छिरिङ शेर्पा, मिङमार लामा शेर्पा, श्रीमति मिङमा शेर्पा, श्रीमति साम्देन शेर्पा, श्रीमति आङ छिरिङ लामा शेर्पा, ग्याल्जेन शेर्पा, रिन्जी पासाङ शेर्पा, पेम्बा शेर्पा र श्रीमती दिकी शेर्पा निर्वाचित भएका छन ।

शनिबार लोसार सांस्कृतिक साँझ कार्यक्रममा घोषणा भएको किदुगको नयाँ कार्यसमितिलाई कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बेनेलक्सका नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले प्रमाण पत्र वितरण गरेका थिए भने निर्वाचन समितिका संयोजक पि.जी शेर्पा र निवर्तमान अध्यक्ष सोनाम लामाले खादा लगाउए बधाई ज्ञापन गरेका थिए । नवनिर्वाचित कार्यसमितिलाई धर्मगरु पासाङ शेर्पाले शेर्पा भाषामा सपथ ग्रहण गराएका थिए । आफ्नो नेतृत्वमा किदुगको नयाँ कार्यसमिति घोषणा भएपछि नयाँ कार्यसमितिको तर्फबाट प्रतिवद्धता जनाउदै अध्यक्ष पि.डी शेर्पाले बेल्जियममा शेर्पा किदुगको पूर्ण स्वामित्वमा रहने गरी किदुगको भवन निर्माणको अभियान आफ्नो कार्यकालको पहिलो प्रथामिकता रहेको बताए । संरक्षक सल्लाहकार र प्रवक्त मनोनित ।

नयाँ कार्यसमिति घोषणा भएसँगै किदुगको संरक्षक, सल्लाहकार र प्रवक्त मनानित गरिएको अध्यक्ष पिडी शेर्पाले घोषणा गरेका छन । अध्यक्ष शेर्पाका अनुसार किदुगको वर्तमान कार्यसमितिले संरक्षकमा संस्थापक अध्यक्ष पेम्बा गेल्बु शेर्पा, निवर्तमान अध्यक्ष सोनाम लामा, कर्मा लामा र यूरोप शेर्पा संघका निवर्नमान अध्यक्ष समेत रहेका फुला शेर्पालाई मनोनित गरेका हुन ।

त्यसै गरी सल्लाहकारहरुमा निवर्तमान उपाध्यक्ष दावा फिञ्जो शेर्पा, निवर्तमान महासचिव ल्हाक्पा दोर्जी शेर्पा, पेम्बा शेर्पा (जितबहादुर), कान्छा शेर्पा, श्रीमती आङ छिरिङ शेर्पा, लप्साङ लामा शेर्पा र पासाङ तेम्बा शेर्पा(हल्याण्ड) लाई मनोनित गरिएको छ । किदुगको प्रवक्तमा पेम्बा गेलु शेर्पालाई मनोनित गरिएको छ ।

Leave A Reply

Your email address will not be published.