उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ

0

काठमाडौं : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले पाण्डेलाई नियन्त्रणमा लिएको हो ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा ठगी गरेको अभियोगमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

अहिले पाण्डेलाई टेकुस्थित प्रहरी परिसरमा राखिएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बुधबार उनलाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।

प्रहरीले मंगलबार तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । राईमाथि भुटानी शरणार्थीको सूचीमा अरुको नाम थपेर ठगी गर्ने गिरोहलाई सघाएको आरोप छ ।

Leave A Reply

Your email address will not be published.