प्रबासी नेपाली एकता समाज बेल्जियमको तेश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा अनिल थापा,

0

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको प्रबासी संगठन, प्रबासी नेपाली एकता समाज बेल्जियमको तेश्रो अधिबेशन सोमबार बेल्जियमको लुभेनमा सम्पन्न भएकोछ । अधिबेशनले आगामी कार्यकालका लागि अनिल थापाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत चयन गरेकोछ । समितिको उपाध्यक्षमा धन बहादुर गुरुङ , सन्जिब लामा, सचिन केसी, सन्तोष सिंह, महासचिबमा राजन जोशी, सचिबमा बुद्ध बस्नेत र प्रभात पौडेल, कोषाध्यक्षमा ईन्द्रकमल रानाभाट र सदस्यहरुमा तुलशी कंडेल, महेन्द्र सापकोटा, रिम रेग्मी , डिल्ली निउरे, सुरेन्द्र खड्का, सन्तोष पन्त रहनु भएकोछ । त्यसै गरि सल्लाहकारहरुमा सुरेन्द्रमान आमात्य, महेन्द्र पन्त, दीपेन्द्र केसी, र धिर्क मल्ललाई चयन गरिएकोछ ।


प्रबासी नेपाली एकता समाज बेल्जियमको तेश्रो अधिबेशनको उद्घाटन केन्द्रीय प्रतिनिधि एबम रा.प्र.पा का केन्द्रीय सदस्य हिक्मतजङ्ग कार्की र समाजका अध्यक्ष दीपेन्द्र केसीले संयुक्तरुपमा गर्नु भएको थियो । अतिथिहरुलाई सचिन केसीले स्वागत गर्नु भएको थियो ।


उद्घाटन सत्रलाई सम्बोधन गर्दै रा.प्र.पा का केन्द्रीय सदस्य कार्कीले बहु पहिचान सहितको हिन्दू राज्य र राज संस्था सहितको प्रजातान्त्रिक राज्य प्रणाली पार्टिको मुल सिद्धान्तका आधारमा जन समर्थन प्राप्त गर्न कार्यक्रम र कार्ययोजना सहित पार्टी कृयाशिल रहेको बताउनु भयो । राष्ट्रियता बलियो नभए देशको समग्र बिकास हुन नसक्ने भएकोले एनआरएनए लगायत प्रबासमा रहेका नेपालीहरुले नेपाली राष्ट्रियताको जगेर्ना गर्न सहयोग गर्न पनि उहाले आग्रह गर्नु भयो । देशको सर्बाङ्गिण बिकासका लागि राजनितिमा शुद्धिकरण आबस्यक भएको र त्यसका लागि नेत्रित्वमा रहेकाहरुले गरेको भ्रस्टाचारको छानबिन गर्नु पर्छ भन्नु भयो ।


समाजको तेश्रो अधिबेशनको सफलताको शुभकामना दिदै एनआरएनए बेल्जियमका उपाध्यक्ष तिर्थ धमला, जन प्रगतिशिल मन्च बेल्जियमका अध्यक्ष प्रकाश पौडेल, जन संपर्क समिति बेल्जियमका महामन्त्री प्रकाशराज गिरी, जन प्रगतिशिल मोर्चाका सल्लहकार बदन योङ्हाङ, प्रबासी नेपाली एकता समाज बेल्जियमका संस्थापक सुरेन्द्रमान आमात्य र लुभेन नगरपालिका सिटी काउन्शिलका सदस्य सुर्य ढकाल लगायतले बेल्जियमको नेपाली समुदायको एकता र उन्नतिको लागि आगामी दिनमा मिलेर सामुहिक प्रयास गरौ भन्नु भयो । एकता समाजले गरेका सामुदायिक हितका कामको समरण गर्दै आगामी कार्यसमिति सँग पनि मिलेर काम गर्ने प्रतिबद्धता पनि उहाहरुले गर्नु भयो ।

कार्यक्रममा रा.प्र.पा का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन र बेल्जियमका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारीले पठाउनु भएको शुभकामना सन्देश सुनाईएको थियो । संगठनका उपाध्यक्ष महेन्द्र पन्तले सन्चालन गरेको कार्यक्रमको सभापतित्व अध्यक्ष दीपेन्द्र केसीले गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.