काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । आइतबार प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि गिरी स्वतः पदमुक्त भएका हुन् ।
संविधानको धारा १६८ को उपदफा ४ अनुसार मुख्यमन्त्री गिरीले सोमबार प्रदेश सभाको बैठकमा विश्वासको मत मागेका थिए ।
जम्मा ८७ सदस्यीय लुम्बिनीको प्रदेश सभामा सरकार बनाउनका लागि ४४ मत आवश्यक पर्ने भए पनि एमालेका २९ र राप्रपाका ४ गरी मुख्यमन्त्री गिरीले ३३ मत मात्र प्राप्त गरेका हुन् । विश्वासको मतको विपक्षमा भने ५३ मत परेको थियो ।