नाकाबन्दी हल्ला मात्रै

0

भैरहवा, ५ असोज । भारतले नेपालसँगको सीमामा कडाइ गरेको हल्ला चलिरहेका बेला नाकाहरुबाट निर्वाधरुपमा मालबाहक गाडीहरु नेपाल भित्रिएका छन् । सुनौली नाकाबाट अन्य दिनभन्दा मंगलबार बढी संख्यामा मालबाहक गाडीहरु नेपाल भित्रिएका छन् । मंगलबार दिउँसो ३ बजेसम्ममा भैरहवा भन्सार हुँदै ३ सयभन्दा बढी मालबाहक गाडीहरु नेपाल आएको भन्सार कार्यालयले जनाएको छ ।
पेट्रोलियम पदार्थ, ग्यास तथा अन्य उपभोग्य सामग्रीहरुसहितका मालबाहक ट्रकहरु नेपाल भित्रिएको भैरहवा भन्सार कार्यालयका निमित्त भन्सार प्रमुख रविन्द्र प्याकुरेलले जानकारी दिए । भैरहवा भन्सार नाका हुँदै मालसामान बोकेर आएका गाडीहरुको लाइन नाकाबाट १० किलोमिटर टाढासम्म रहेको पनि भारतीय भन्सार अधिकारीहरुले बताएका छन् ।
सीमानामा ‘नाकाबन्दी’ नभएको र सहजरुपमा भारतबाट सामान नेपाल पठाइरहेको भारततर्फको सुनौली भन्सार कार्यालयका अधिकृत मधुकर आनन्दले बताए । यता, महोत्तरीको भिट्टामोड नाकामा रोकिएका मालबाहक गाडीहरु पनि मंगलबार अपरान्ह नेपाल भित्रिएका छन् । महोत्तरी सीमा क्षेत्रमा अवाञ्छित गतिविधि बढेपछि मालबाहक गाडीहरुका सबै कागजात हेरेर छाडेको नेपाल आयल निगमका अधिकारीहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.