नेपाली जनप्रगतिशील मोर्चा यूरोपको अधिवेशन बेल्जियममा हुने,

0

नेपाली जनप्रगतिशील मोर्चा यूरोपको चौंथो अधिवेशन सात मे २०२३ बेल्जियममा हुने भएको छ । मार्च १९ आईतवार आईतवार बसेको मोर्चाको बिस्तारित बैठकले आगामी मे सात तारिखका दिन संगठनको चौंथो अधिवेशन भब्यताका साथ सम्पन्न गर्ने निर्णय गरेको हो । संगठनको उक्त अधिवेशनमा पोर्तुगल, जर्मनी, स्पेन र अमेरिका लगायतका मोर्चामा आबद्ध नेत्रित्व, पदाधिकारी र प्रतिनिधिहरुको बेल्जियममा उपस्थिती मोर्चाले जनाएकोछ ।

नेपालबाट विविध कारणले बिदेशिएका नेपालीहरुले भोग्नु परेको समस्या हल गर्न सदैव सहयोग गर्दै आएको र नेपालमा दलाल पूंजीवादी संसदीय ब्यबस्थाको अन्त्य गरी वैज्ञानिक समाजवादी ब्यबस्था स्थापनाको आन्दोलनलाई एक्यबद्धता जाहेर गर्दै आईराखेको मोर्चाको उक्त अधिवेशनलाई विप्लव नेत्रित्वको नेपाल कम्युनिष्ट पार्टीका उच्च तहका नेताले पनि सम्बोधन गर्नेछन ।

आईतवार सम्पन्न बैठकमा पोर्तुगल मोर्चाका अध्यक्ष पूर्ण बहादुर विश्वकर्मा, जर्मनी मोर्चाका संयोजक भक्त श्रेष्ठ, बेल्जियम मोर्चाका अध्यक्ष मेख गुरुङ र अमेरिका मोर्चाका अध्यक्ष विश्व बहादुर शाहले संगठनको गतिबिधीको रिपोर्टिङ गरेका थिए । मोर्चाका अध्यक्ष बिष्णु भुजेलको अध्यक्षतामा सम्पन्न भएको बैठकलाई उपाध्यक्ष बदन योङहाङले स्वागत र संचालन सचिव ईश्वरी शर्माले गरेका थिए ।

Leave A Reply

Your email address will not be published.