राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने आठ दलको सहमति

0

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसलाई राष्ट्रपति दिने आठ दल बिच सहमति भएको छ ।

प्रधानमन्त्री निवासमा भएको छलफलमा भावी राष्ट्रपतिका लागि कांग्रेस उम्मेदवारलाई समर्थन जनाउने सहमति भएको हो  ।

साँझ बसेको ८ दलको बैठकले उक्त निर्णय गरे पनि कांग्रेसवाट को राष्ट्रपति हुने हो ? त्यो भने खुलाईएको छैन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा सो सहमति भएको माओवादी केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिए । यो सहमतिसँग राष्ट्रपतिको दौडवाट नेकपा एकीकृत बाहिरिएको छ । विस्तृत बिवरण आउन बाँकी छ। 

Leave A Reply

Your email address will not be published.