सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती : क्यान

0

काठमाडौं : नेपाल क्रिकेट संघ क्यानले नेपाल टी–२० क्रिकेट लिगका लागि भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्ससँग सम्झौता गर्नु गल्ती भएको स्वीकार गरेको छ । 

आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै क्यानले सेभेन थ्री स्पोर्ट्ससँगको सम्झौतामा केही त्रुटी एवं गल्ती भएको स्वीकार गर्दै त्यसमा क्रिकेट संघको गलत नियत नभएको स्पष्ट पारेको हो ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले लामो अनुभवका आधारमा सेभेन थ्री स्पोर्ट्ससंग सम्झौता गरेको तर सम्झौता पछि आवश्यक जिम्मेवारीबाट पछि हटेर सेभेन थ्री स्पोर्ट्सले धोका दिएको बताए ।

स्पट फिक्सिङ प्रकरणले लिग नै विवादमा परेको र यसको असर क्यान र समग्र नेपाली क्रिकेटमा परेकाले अब सबै मिलेर नेपाली क्रिकेटलाई पूर्ववत अवस्थामा फर्काउनुपर्ने उनको भनाइ छ । 

क्यानले बलात्कारको आरोपमा निलम्बनमा परेका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउने बारेमा आफूहरु छलफलमा रहेको र विद्यमान कानून अनुसार नै अघि बढ्ने स्पष्ट पारेको छ ।

क्यानले लिगमा सहभागी अधिकांश खेलाडीहरुले पारिश्रमिक पाइसकेको र केही खेलाडीहरुले पनि छिट्टै पाउने स्पष्ट पारेको छ । स्पट फिक्सिङ प्रकरण छानविनमा सघाउने प्रतिबद्धता पनि क्यानले जनाएको छ । 

फिक्सिङ तथा कुनै अनियमिततामा क्यानका पदाधिकारी संलग्न भए कारवाही हुने अध्यक्ष चन्दले पत्रकार सम्मेलनमा बताए । 

प्रहरीले नेपाल टी–२० लिगमा फिक्सिङ गरेको भन्दै दुई जना पक्राउ गरेको छ । अन्य १० जनामाथि अनुसन्धान गरिरहेको छ ।

Leave A Reply

Your email address will not be published.