नेपाली ब्यबसायी संघ बेल्जियममा चीरन कुमार खवास,

0

नेपाली ब्यबसायी संघ बेल्जियमको सातौ अधिबेशनले चिरन कुमार खवासको अध्यक्षतामा नयाँ कार्यसमिती निर्बाचित गरेकोछ ।

सोमबार बेल्जियमको हेरन्तमा भएको अधिबेशनले उपाध्यक्षमा कासी दनै, कृष्ण सिम्खडा, रमेस दाहाल, महासचिवमा जगदिश सापकोटा, कोषाध्यक्षमा भुवन सुबेदी, सचिवमा बाबुराम शर्मा , रिचा गुरुङ, सहकोषाध्यक्षमा राजु थापा , सदस्यहरुमा लोकेन्द्र नेपाल, प्रिन्स खड्का,बिनोद न्यौपाने, रमेश पौडेल,कुल बहादुर कार्की, सदस्य (क्षेत्रीय संयोजक) बेदराज पुरी गेन्ट, जितेन्द्र केसी लुभेन , दिपेश सुबेदी ब्रसेल्स, श्रीप्रशाद दवाडी एन्तवेरपेन लाई सर्बसम्मत निर्बाचित गरेकोछ ।

अधिबेशनको बन्धशत्रमा अध्यक्षमन्डलमा रहेका रबिन्द्रमान श्रेष्ठ, चेत प्रशाद भट्ट र हरी थपलियाको तीन सदस्यिय अध्यक्षमन्डलले नयाँ कार्यसमितीको घोषणा गर्नुका साथै सपथग्रहण गराएको थियो ।

निर्तमान अध्यक्ष यामु निरौलाले नयाँ समितिलाई सफलताको शुभकामना सहित बधाई दिए भने नबनिर्बाचित अध्यक्ष चीरन कुमार खवासले संघले थालेका नेपाली ब्यबसायीहरुका हितका कामलाई निरन्तरता दिने र नयाँ कार्ययोजना बनाएर अझ सक्रियता पूर्वक संस्थालाई गतिशित बनाउने प्रतिबद्धता जाहेर गरे ।

Leave A Reply

Your email address will not be published.