हिजो बोलेका हरेक शब्दको हेक्का छ, सबै ‘फरार’ समातिन्छन् : गृहमन्त्री लामिछाने

0

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विगतमा आफूले बोलेका हरेक शब्दको हेक्का रहेको बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत शनिबार विगतमा आफूले बोलेका हरेक शब्दको हेक्का रहेको बताउँदै सबै पुरान ‘फरार’ समातिने बताएका हुन् ।

उनले मिडियाको हेडलाइन बदल्न नसक्ने भए पनि जनताको लाइफलाइन बदल्न मिहेनत गरिरहेको बताएका छन् । धुलो धेरै भएकाले थोरै समय पर्खिनुपर्ने उनको भनाइ छ ।

‘पुराना ‘फरार’हरू समातिन्छन् मात्र होइन धेरै नयाँहरू फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ।हिजो बोलेका शब्द शब्दको हेक्का छ, भोट माग्दा गरेका वाचाहरूको हेक्का छ,’ उनले शनिबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्,‘मिडियाको हेडलाइन म बदल्न सक्दिनँ तर जनताको लाइफलाइन बदल्न मेहनत गर्दै छु। धुलो धेरै छ, पुरानो छ… थोरै पर्खिनु चाहिँ पर्छ !!’

Leave A Reply

Your email address will not be published.