कांग्रेसलाई गृहमन्त्रीको जवाफ- विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालयले कुनै काम गर्दैन

0

काठमाडौं : उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालयले कुनै काम नगर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसका सांसदले हत्या अभियोगमा प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद लक्ष्मी महतो कोइरी संसद् बैठकमा सहभागी भएको जानकारी गराएपछि गृहमन्त्री लामिछानेले विधि र पद्धतिभन्दा बाहिर गएर गृहमन्त्रालय कुनै काम नगर्ने ग्यारेन्टी गर्दै कानूनी प्रक्रियामा कसैको दबाब र प्रभाव स्वीकार नगर्ने बताएका हुन् ।

उनले विधि स्थापित गरेर कर्मचारीको सरुवा बढुवामा पनि विधिसम्मत ढंगले काम गर्ने र कसैको भनसुन नलाग्ने, अपराध नियन्त्रणमा यस्तै किसिमको व्यवस्था गर्ने प्रतिबद्धतामा गृहमन्त्रालय टसमस नहल्लिएको स्पष्ट पारे ।

गृहमन्त्री लामिछानेले आगामी दिनमा पनि यसलाई प्रभावित गर्नका लागि कसैबाट कुनै पनि दबाब र प्रभाव आउने छैन भन्ने विश्वास दिलाए ।

त्यसअघि बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्याको अभियोग लागेको संसदमा रहेको सुनिएको भन्दै उक्त सांसदको मतदान प्रक्रिया रोक्न आग्रह गरेका थिए ।

फरार अभियुक्तको सूचीमा रहेका सांसद कोइरी यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिन पनि संसदमा सहभागी भएका थिए ।

Leave A Reply

Your email address will not be published.