आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस

0

काठमाडौं : आज २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, विसं १९९० माघ दुई गते दिउँसो २ बजेर २४ मिनेटमा भूकम्प गएको सम्झनामा हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइन्छ ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवसमा आज औपचारिक कार्यक्रम नहुने भएको छ । पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज सार्वजनिक बिदा दिइएकाले राष्ट्रिय भूकम्प सुरक्षा दिवस मूल समारोह स्थगित गरिएको छ ।

आज स्थगित गरिएको कार्यक्रम एक एक साताभित्र गरिने जनाइएको छ । भूकम्पबाट सुरक्षित हुन जागरण फैलाउने उद्देश्यले मंगलबारदेखि प्रदर्शनी आयोजना गरिने जनाइएको छ ।

दिवसका अवसरमा विभिन्न संस्थाले पुस १५ गतेदेखि नै जनचेतना जगाउने किसिमका कार्यक्रमको आयोजना गरिरहेका छन् ।

यो वर्ष पनि काठमाडौंमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा २५औं भूकम्प सुरक्षा दिवस मूल समारोहको आयोजना गर्न पूर्वनिर्धारित कार्यक्रम थियो । त्यसबाहेक हरेक प्रदेश र स्थानीय तहले पनि कार्यक्रम मनाउने भनिएको थियो ।

तर आइतबार पोखरामा विमान दुर्घटना भएपछि सरकारले भूकम्प सुरक्षा दिवसका सबै कार्यक्रम स्थगित गरिएको हो ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अध्यक्षसमेत रहेका गृहमन्त्री रवी लामिछानेको अध्यक्षतामा आइतबार बसेको बैठकले दिवसमा औपचारिक कार्यक्रम नगर्ने निर्णय गरेको थियो ।

पछिल्लो पटक विक्रम सम्बत २०७२ वैशाख १२ गते शनिबार ११ बजेर ५६ बजे गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लिएको थियो ।

Leave A Reply

Your email address will not be published.