बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित

0

काठमाडौं : बागमती प्रदेशको सभामुखमा सत्ता गठबन्धनका तर्फवाट राप्रपा महासचिव भुवन पाठक निर्वाचित भएका छनु ।

सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार पाठकले ६२ मत प्राप्त गरेका छन् । उनको विपक्षमा ३९ मत परेको छ भने ७ सांसद तटस्थ बसेका छन् ।

पाठकको प्रस्तावकमा एमाले संसदीय दलका नेता जगनाथ थपलिया र सर्मथकमा माओवादी सांसद युवराज दुलाल रहेका थिए ।

नवनिर्वाचित सभामुख पाठक राप्रपाका महासचिव तथा समानुपातिक सांसद हुन् ।

सभामुखका अर्का उम्मेदवार नेपाली कांग्रेसका शिवराज अधिकारीले ३६ मत प्राप्त गरे । उनको बिपक्षमा ६५ खसेको छ । सता गठबन्धनसँगै नेपाल मजदुर किसान पार्टीले पनि विक्षमा मत गरेको छ ।

नेपाल मजदुर किसान पार्टीकी सिर्जना सैंजुले ३ मत प्राप्त गरिन् । उनको विपक्षमा ९८ मत र ७ मत तटस्थ रहेको थियो ।

प्रदेशसभामा ११० सदस्य छन् । प्रदेश सभाका ज्येष्ठ सदस्य बाहेक १०९ जना प्रदेशसभा सदस्यले मतदानमा सहभागिता जनाएका थिए ।

Leave A Reply

Your email address will not be published.