विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले भने- इमान्दार स्वीकारोक्तिका साथ काम शुरु गर्न चाहन्छु

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत मागेका छन् ।

संविधानको धारा ७६ को उपधारा ४ बमोजिम विश्वासको मत प्राप्त गर्न प्रतिनिधिसभा नियमावली २०७५ को नियम १५२ बमोजिम प्रस्ताव गरेका हुन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले राजनीतिकर्मी कहीँ न कहीँ चुकेको आत्मस्वीकारोक्तिसहित काम शुरु गर्ने बताए ।

राजनीतिकर्मी चुकेकै कारण ५० लाख युवा विदेशमा काम गर्न बाध्य भएका, विकास आयोजनाहरु लथालिंग भएका र विश्वविद्यालयहरु आफ्नो क्यालेन्डर पनि बनाउन नसक्ने गरी भद्रगोल भएका उनले बताए ।

उनले शान्ति प्रक्रियाका कामलाई तार्किक निष्कर्षमा पुर्‍याउन पनि राष्ट्रिय सहमति आवश्यक भएको बताए ।

पहिलो पटक प्रधानमन्त्री हुँदा सिक्दासिक्दै राजीनामा दिनुपर्ने परिस्थिति आएको भन्दै उनले दोस्रो कार्यकाल पनि उतारचढावमै बितेको बताए । अबको कार्यकाल सुशासनमा केन्द्रित हुने उनले बताए ।

‘यसपटक फरक संकल्पका साथ संसदमा उभिएको छु । विश्वासको मत पाएमा म इमान्दार स्वीकारोक्तिका साथ शुरु गर्न चाहन्छु,’ उनले भने ।

Leave A Reply

Your email address will not be published.