पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

0

काठमाडौं : सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो ।

राप्रपाले सरकारलाई विश्वासको मत दिनु अगाडि पुस २७ गते बिदा दिने निर्णय गर्नुपर्ने सर्त राखेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार विश्वासको मत लिँदैछन् ।

त्यस्तै मन्त्रिपरिषद्ले सरकारले जारी गरेको न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयमा लैजाने निर्णय गरेको छ।

Leave A Reply

Your email address will not be published.