विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : अर्थमन्त्री पौडेल

0

काठमाडौं : उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका छन् ।

मन्त्रिपरिषद्ले गरेका निर्णय शुक्रवार सार्वजनिक गर्दै अर्थमन्त्री पौडेलले सरकारले संसदमा विश्वासको मत प्राप्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका हुन् । उनले वर्तमान सरकार महत्त्वपूर्ण राष्ट्रिय अभिभारा पूरा गर्न केन्द्रित भइरहेको बताए । 

उनले भने, ‘सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तयारीमा हुनुहुन्छ । पुस २६ गते सरकारले संसदमा विश्वासको मत लिने कार्यक्रम छ । विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ ।’

अर्थमन्त्री पौडेलले मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै सरकार नागरिक र राष्ट्रका समस्या समाधान गर्ने गरी गतिशीलरूपमा अगाडि बढ्ने बताए । 

Leave A Reply

Your email address will not be published.