निर्मला हत्या प्रकरण छानविन गर्न सरकारले फेरि बनायो पाँच सदस्यीय समिति

0

काठमाडौं : सरकारले कञ्चनपुर उल्टाखामकी किशोरी निर्मला पन्तको हत्याबारे छानविन गर्न फेरि पाँच सदस्यीय समिति बनाएको छ ।

उपप्रधान एवं गृहमन्त्रीका रूपमा रवि लामिछाने आएपछि केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीका प्रहरी नायब महानिरीक्षक डिआइजी दुर्गा सिंहको नेतृत्वमा छुट्टै समिति बनाइएको हो ।

पाँच सदस्यीय समितिमा फरेन्सिक चिकित्सक र मनोचिकित्सकसमेत सहभागी रहेको छन् । समितिमा ब्युरोका प्रहरी उपरीक्षक कमल थापा, प्रहरी निरीक्षक धीरेन्द्र रोकायालगायत छन् । पहिलादेखि भइरहेको अनुसन्धान कार्य पनि जारी नै रहने प्रहरीले जनाएको छ ।

गृहमन्त्री लामिछानेले निर्मलाबार हालसम्मको अनुसन्धानका विषयमा प्रहरीसँग जानकारी पनि लिएका छन् ।

२०७५ साउन १० गते १३ वर्षीया निर्मला पन्त साथीको घर गएका बेला बेपत्ता भएकी थिइन् । दोस्रो दिन बिहान ११ गते नजिकैको उखुबारीमा उनको शव फेला परेको थियो ।

उनको बलात्कारपछि हत्या भएको प्रहरीले निष्कर्ष निकालेपनि आरोपी पक्राउ परेका छैनन् ।

Leave A Reply

Your email address will not be published.