नेपाली ब्यबसायी संघ बेल्जियमको सदस्यता बितरण अन्तिम चरणमा, समयमै संस्थामा जोडिएर सामुहिक फाईदाका लागि एक्केबद्धता जनाउन अनुरोध,

0

नेपाली ब्यबसायी संघ बेल्जियमले संस्थाको सदस्यता बितरण अन्तिम चरणमा पुगेको बताएकोछ । डिसेम्बर ३१ तारिख सम्म सदस्यताको आबेदन गर्ने अन्तिम मिति भएकोले सदस्य बन्न छुटेका ब्यबसायीहरुलाई सदस्यता फारम भर्न पनि संघले आग्रह गरेकोछ ।

सामुहिक प्रयासबाट ब्यवसायलाई फाईदामा पुर्याउने गरी एकअर्कालाई सहयोग गर्ने र ब्यबसायिक एकता कायम गर्ने उद्द्यस्यले सन २००६ मा स्थापना भएको, बेल्जियममा ब्यवसाय गरिरहेका नेपालीहरुको संस्था नेबाबले आगामी जनवरी २३ मा छैटौ अधिबेशन गर्दैछ । नेपाली फुड फेस्टिबल, नेपालमा उत्पादित सामानको प्रदर्शनी र बेल्जियमका ठुला कम्पनीहरु र च्याम्बर अफ कमर्श सँग सहकार्य गरेर बेल्जियममा नेपाललाई प्रबर्धन गरिरहेको नेबाबले आगामी दिनमा “एकतानै बल हो” भन्ने मुल मन्त्रलाई कार्यान्वयन गर्नका लागि बिभिन्न योजनाहरु तर्जुमा गरेको संघका महासचिब मदन दवाडीले जानकारी गराउनु भएकोछ ।

साना ब्यवसायलाई सरकारी स्तरबाट हुने सहुलियत र ब्यबसायीका कर्तब्य र अधिकारबारे प्रशिक्षण कार्यक्रम, ब्याबसयिक तालिमहरु सन्चालन गर्दै आईरहेको संघले परिवर्तन भैरहने बाणिज्य सम्बन्धी नियम कानुनको बारेमा पनि आफ्ना सदस्यहरुलाई बिभिन्न माध्यमले जानकारी गराउदै आएकोछ । संघका पदाधिकारीहरुले संस्थाको वेबसाइट, सामाजिक सन्जाल, अनलाइन पत्रिकाहरुमा ब्यवसायका लागि उपयोगी सामाग्री प्रकाशन गर्ने र भौतिक रुपमा भेटेर पनि आफ्ना सदस्यहरुलाई ब्यबासयिक सहयोग गर्दै आईरहेका छन ।

संस्थाका माध्यमबाट सयौ ब्यबसायिहरुले, कोलराइट सुपर्मार्केट, फ्युल स्टेशनको डिस्काउन्ट कार्ड, इन्सुरेन्स कम्पनी र अन्य सप्लाई कम्पनीबाट बिशेष छुट पाउदै आएकाछन ।


अहिले सम्म स्वतस्फुर्त रुपमा अनलाइन भरिएका करीब २५० सदस्यता आबेदन प्राप्त भएको र अब तीन दिन मात्र बाँकी रहेको ले समय भित्रै सदस्यता लिएर संस्था सँग जोडीन सदस्यता बितरण समितिका संयोजक एबम कोषाध्यक्ष काशी दनैले अनुरोध गर्नु भएकोछ ।

Leave A Reply

Your email address will not be published.