आज क्रिसमस डे मनाइँदै

0

काठमाडौं : विश्वभरका क्रिश्चियन धर्मावलम्बीले आफ्नो महान पर्व क्रिसमस आज धुमधामका साथ मनाउँदै छन् ।

येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउने गरिन्छ ।

कोरोनाका कारण क्रिसमसमा सामाजिक दूरी कायम गरेर मनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ ।

क्रिसमसमा उपहार आदानप्रदान, सामाजिक तथा पारिवारिक जमघट साथै चर्चमा भेला भएर सामूहिक प्रार्थना गर्ने गरिन्छ ।

जिसस क्राइस्ट पनि भनिने येशुको जन्म करिब २ हजार वर्षअघि अविवाहित कन्या मारियमको कोखबाट भएको थियो । उनी आफ्ना अनुयायी र समस्त मानव जातिको मुक्तिका लागि क्रुसमा चढेको विश्वास गरिन्छ ।

नेपालमा पनि क्रिश्चियनहरुले क्रिसमस मनाउँदै आएका छन् ।

क्रिसमसका अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् ।

नेपालमा करिब चार सय वर्षदेखि इसाइ धर्मावलम्बीको बसोबास शुरु भएको र त्यतिबेलैदेखि क्रिसमस मनाउन थालिएको बताइन्छ ।

Leave A Reply

Your email address will not be published.