केन्द्रीय कारागारबाट चार्ल्स शोभराज रिहा

0

काठमाडौं : विश्व कुख्यात सिरियल किलरका रूपमा चिनिएका चार्ल्स शोभराज केन्द्रीय कारागार सुन्धाराबाट रिहा भएका छन् । उनलाई शुक्रबार केन्द्रीय कारागारले रिहा गरेको हो । 

बिहीबार उनलाई केन्द्रीय कारागार, सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभाग लगेको छ । अब विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ । 

बिहीबार नै रिहा हुने भनिए पनि केही प्रक्रिया अझै बाँकी रहेका कारण उनी शुक्रबार रिहा भएका हुन् ।

उनको पासपोर्स लगायतका कागजात नभएकाले सो प्रक्रिया पूरा नभएसम्म अध्यागमन विभागकै हिरासतमा रहने शोभराजका वकिल गोपाल सिवाकोटीले जानकारी दिए । उनलाई विभागमा एक्लै राखिनेछ ।

Leave A Reply

Your email address will not be published.