काभ्रे बस दुर्घटना : मृत्यु हुनेको संख्या १८ पुग्यो

0

काभ्रे : काभ्रेको बेथानचोक गाउँपालिका–४ मा बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ ।

बेथानथोक–५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएकालाई लिएर पनौती नगरपालिका–४ सल्ले फर्किँदै गरेको बा.३ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ करिव ६ बजेतिर चलाल गणेशस्थानमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा अन्य २२ जना घाइते भएका छन् ।

घाइतेमध्ये धेरैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेको धुलिखेल अस्पताल र शीर मेमोरिएल अस्पतालमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.