जाजरकोटमा जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु

0

काठमाडौं : जाजरकोटको छेडागाड नगरपालिकामा बोलेरो जीप दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी मृत्यु हुनेमा एकै वडाका आठ जना रहेका छन् ।

मृत्यु हुनेमा चालक भगवतीमाई गाउँपालिका–२ दैलेखका मानबहादुर रावत, सहचालक सोही पालिका वडा नं ३ का वीरेन्द्र केसी र अम्मर खड्का रहेका छन् ।

त्यसैगरी, जारजरकोट छेडागाड नगरपालिका– ५ का दीपक अधिकारी, नैनसरा अधिकारी, जैकुवरा बुढा, रामबहादुर बुढा, देवीसरा बुढा, अमर अधिकारी, निशा अधिकारीको मृत्यु भएको छ ।

त्यस्तै, घाइते जैभान अधिकारीको उपचारका क्रममा सुर्खेतस्थित प्रदेश अस्पतालमा मृत्यु भएको छ । त्यस्तै छेडागाड– ६ का वीरबहादुर खत्रीको मृत्यु जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

कर्णाली प्रदेश २००१ च ०४२९ नम्बरको निजी जिप छेडागाड– ३ जेवाबाट सोही नगरको वडा नं ४ को लेवातर्फ जाँदै गर्दा दशेराको भिरबाट खसेर दुर्घटना भएको हो ।

विवाह भोजमा छेडागाड ५ दीपक अधिकारी र छेडागाड ४ का महेश थापाको बीचमा विवादपछि घाइतेलाई उपचार गर्न फर्कने क्रममा जीप दुर्घटनमा परेको हो ।

घाइते दीपकसँगै बिहेमा भोज खाना आएका अन्य सर्वसाधारण पनि सोही जिपमा फर्कने क्रममा जिप दशेराको भिरमा दुर्घटना भएको बताइएको छ ।

Leave A Reply

Your email address will not be published.